1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असार १८ सोमबार

ताप्लेजुङका बाढी प्रभावितकालागि राहत सामाग्री



झापा ।  ताप्लेजुङ जिल्लाका बाढी प्रभावितकालागि ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराले राहत सामाग्री पठाएको छ ।

गत जेठ २८ गते अबिरल बर्षासंगै आएको बाढीका कारण विस्थापित भएका परिवाकालागि राहत सामाग्री पठाइएको ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराका अध्यक्ष राजकुमार गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरोकार समाजले २० थान त्रिपाल, २५ थान कम्बल र २ रोल म्याड उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ जिल्ला शाखा मार्फत बितरण हुने गरि असार ९ गते उक्त सामाग्री पठाइएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

जिल्लामा विपत भएको खबर प्राप्त हुन् साथ सरोकार समाजको बैठक बसी राहत सामाग्री उपलब्ध गराइएको अध्यक्ष गौतमले बताउनुभयो । उहाँका अनुसार ताप्लेजुङ झापा सरोकार समाजले जिल्लामा हुने गरेको विभिन्न विपतका घटनाहरुमा राहत बितरण, पुनःस्थापना लगायतका कार्यमा समन्वयकारी भुमिका खेल्दै आएको छ ।

Comment