1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

कटुवा पेस्तोलसहित बिर्तामोड–७ का पराजुली पक्राउ



झापा ।  प्रहरीले झापा बिर्तामोडका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली रहेका छन् ।

घरमा कटुवा पेस्तोल राखेर आफ्नै भाउजू गीता पराजुलीसँग झगडा गरिरहेका पराजुलीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

साँझ ७ बजेको समयमा भाउजूसँग झगडा गरिरहेको बेला प्रहरी टोलीले पराजुलीको घर कोठालगायत आसपासको एरियामा तलासी लिँदा लुकाइछिपाई राखिएको अवस्थाको बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल भेटाएको प्रहरीले जनाएको छ ।

कटुवा पेस्तोलसहित पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले बताए ।

 

झापा टूडेबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment