झापा । चुल्ठे सामुदायिक वन उपभोक्ता समुह वन डढेलो नियन्त्रण, संरक्षण तथा वन व्यवस्थापन र जनचेतनाभिवृद्धि गराउने कार्यमा उत्कृष्ट कार्य गरे वापत इलाम जिल्लामै उत्कृष्ट भई प्रथम पुरस्कार सहित सम्मानित भएको छ ।
मङ्गलबार डिभिजन वन कार्यालय इलामको भवनमा आयोजित सम्मान कार्यक्रममा चुल्ठे शान्तिनगर सामुदायिक वन उपभोक्ता समुह बुद्धशान्ति ५,६ र रोङ ५ इलामलाई जिल्लाकै २४१ वटा वन मध्ये उत्कृष्ट सामुदायिक बन उपभोक्ता समिती घोषणा गर्दै सम्मान गरिएको हो ।
उक्त सामुदायिक बनलाई नगद २५ हजार रुपैयाँ र सम्मान पत्र सहित जिल्ला डिभिजन बन कार्यलय इलामका प्रमुख दान बहादुर श्रेष्ठले सम्मान गर्नु भएको सम्मानित बन समितिका सचीव चुडामणि न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका सभापति समेत रहनु भएका श्रेष्ठले सवै सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरुले वनमा चोरी निकासी रोक्न र डढेलो नियन्त्रण गर्नु पर्ने कुरामा जोड दिदै उत्कृष्ट कार्य सम्पादान गरेर प्रथम हुने चुल्ठे शान्तिनगर सामुदायिक बन समूह लगायत सम्मानित हुने समुहलाई धन्यवाद ज्ञापन गर्दै प्रशम्सा गर्नुभयो ।
कार्यक्रमका अवसरमा वन डढेलो नियन्त्रण तथा जनचेतनाभिवृद्धि गराउने अन्य चारवटा सामुदायिक वनलाई समेत सम्मान गरिएको थियो । दित्तिय हुने इरौटार सामुदायिक बन, तृतीय हुने सुखानी र सान्त्वना द्वय नमुना र सिंहदेविलाई समेत सम्मान गरीएको छ ।
सोही अवसरमा प्रथम भई सम्मानित हुनु भएको चुल्ठे शान्तिनगर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष प्रदिप देव खतिवडा (सुजन) ले सामुदायिक बनले गरेको गतिविधिहरुको बारेमा जानकारी गराउदै सम्मानित हुँदा अझै प्रेरणा मिलेको उद्घोष गर्नुभयो ।
डिभिजन बन कार्यलय इलामका सहायक वन अधिकृत गजेन्द्र श्रेष्ठले शाब्दिक स्वागत गर्दै कार्यक्रमको संचालन गर्नुभएको थियो ।