1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

रेग्मी र लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान



झापा    झापाका दुई जना पत्रकार झुलन रेग्मी र डिकेश लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच पत्रकार देवकुमार आचार्य ९डी कौडिन्य० को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददाता लामालाई संयुक्त रुपमा प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबो, सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, कौडिन्यकी पत्नी यमुना आचार्यलगायतले रेग्मी र लामालाई पुरस्कार प्रदान गरे। पुरस्कारको राशी २१ हजार रुपयाँ रहेको छ । मेचीनगर निवासी पत्रकार रेग्मी प्रेस सेन्टर नेपालका प्रदेश कमिटि सदस्य हुनुहुन्छ भने दमक निवासी पत्रकार लामा पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर नेपालका प्रदेश कमिटि सदस्य हुन् ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आङबोले पुरस्कृत पत्रकारलाई शुभकामना व्यक्त गरे । सेन्टरका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेन्टरका सचिव पुष्प खड्काले गरेका थिए ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment