1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ६ सनिबार

सर्पको डसाइबाट एक बृद्दाको मृत्यु



झापा । झापाको बिर्तामोडमा गोमन सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ७ गरामनीस्थित मिलडाँडाकी ६८ वर्षीया धनमाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो । घाइते उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।

शरीरमा विष फैलिसकेकोले त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याउँदै गर्दा बिहान ९ः २५ बजे उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment