1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

बुद्धशान्ति गाउँपालिकाको राजस्व संकलन २ करोड ५३ लाख



झापा ।   बुद्धशान्ति गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा दुई करोड ५३ लाख ५१ हजार पाँचसय बैसठ्ठी रुपैँया २१ पैसा राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको श्रावण १ देखि असार ३१ गते सम्ममा उक्त रकम राजस्वका रुपमा संकलन भएको बुद्धशान्ति गाउँपालिका राजस्व शाखाका प्रमुख शशी पनेरुले बताएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा दुई करोड ४५ लाख दश हजार ८३ रुपैँया ९ पैसा राजस्व संकलन गरेको गाउँपालिकाले गत आ.व. मा राजस्व संकलन थोरै भएपनि बृद्धि गरेको छ ।
१ नं. वडा ले ३८ लाख ९५ हजार ३ सय ४७.२३ रुपैँया, २ नं. वडा ले ३३ लाख ३८ हजार ६ सय २९.१३ रुपैँया, ३ नं. वडा ले ५७ लाख ५४ हजार १ सय ८९.६६ रुपैँया, ४ नं. वडा ले १७ लाख ४३ हजार ७ सय १९.९६ रुपैँया, ५ नं. वडा ले १३ लाख ७६ हजार ७ सय ६१.९६ रुपैँया, ६ नं. वडा ले ९ लाख १ हजार ६ सय २.१७ रुपैँया र ७ नं. वडा ले ४ लाख ५१ हजार ९३.०९ रुपैँया राजस्व संकलन गरेको छ ।

सात वटा वडाहरु रहेको बुद्धशान्ति गाउँपालिको बजार क्षेत्रअन्तर्गत पर्ने वडा नं. ३ राजस्व संकलनको हिसाबले पहिलो स्थानमा रहेको छ । ३ नं. वडाले गत आर्थिक वर्षमा ५७ लाख ५४ हजार १ सय ८९.६६ रुपैँया राजस्व संकलन गरेको हो । त्यस्तै राजस्व संकलनमा सवैभन्दा कम ७ नम्बर वडाले गरेको छ । ७ नं. वडा ले ४ लाख ५१ हजार ९३.०९ रुपैँया राजस्व संकलन गरेको हो ।
त्यस्तै गाउँपालिकाको कार्यालयबाट ७८ लाख ९० हजार २ सय १९.०१ रुपैँया राजस्व संकलन गरेकोे छ । वडा तथा गाउँपालिकाले सम्पति कर, व्यवसाय कर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, न्यायीक दस्तुर, व्यवसाय दर्ता दस्तुर, नक्सापास दस्तुर, नाता प्रमाणित दस्तुर, घरबहाल तथा जग्गा बहालकर, भूमिकर तथा मालपोत सम्पतिकर, व्यवसायकर, प्रशासनिक दण्ड, जरीवाना कर, मनोरञ्जन कर जस्ता २३ वटा शिर्षकहरुमा राजस्व संकलन गर्दै आएका छन् ।

२३ वटा शिर्षकहरमा राजस्व संकलन गर्दै आएको गाउँपालिकाले सबैभन्दा बढी सिफारिस दस्तुरबाट राजस्व संकलन गरेको छ । जसबाट ५८ लाख ७२ हजार २० रुपैँया राजस्व संकलन भएको छ । सिफारिस दस्तुरपछि भूमि तथा मालपोत करबाट ३९ लाख ७१ हजार ९ सय ३५ रुपैँया संकलन गरेको हो ।

पालिका सन्देशबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment