झापा । पूर्वी नेपालका अर्थोपेडिक चिकित्सक संगठित भएका छन् । शुक्रबारदेखि नेपाल अर्थोपेडिक एसोसिएसन मेची च्याप्टर औपचारिक रुपमा अस्तित्वमा आएको हो ।
च्याप्टरको अध्यक्षमा झापाका अनुभवी विशेषज्ञ चिकित्सक डाक्टर लक्ष्मीप्रसाद मैनाली चयन भएका छन् । मेची च्याप्टरको संस्थापक अध्यक्षका रूपमा डाक्टर मैनालीले पदभार ग्रहण गरेका हुन् ।
नेपाल अर्थोपेडिक एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रोफेसर डाक्टर बिमलकुमार पाण्डेको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच डाक्टर मैनाली नेतृत्वको मेची च्याप्टरले पदभार ग्रहण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले पेशागत समस्या र चुनौतिलाई व्यवस्थापन गर्न संगठनको आवश्यक पर्ने भएकाले आवश्यकताका आधारमा चिकित्सकहरू संगठित हुन जरुरी भएको बताए ।
मेची च्याप्टरकाे इनकमिङ प्रेसिडेन्टमा डा. आनन्दराज खनाल , बरिष्ठ उपाध्यक्षमा डा. प्रेमबहादुर शाही, उपाध्यक्षमा डा. कुमोदकुमार लिम्बु र डा. सन्दिप अधिकारी, महासचिवमा डा. रुपेशजंग बेलवासे चयन भएका छन् ।
कोषाध्यक्षमा डा. मनोजकुमार साह, सह सचिवमा डा. नबिनकुमार सिंह, सह कोषाध्यक्षमा डा. कृष्णकान्त यादव रहेका छन् । सदस्यमा डा. राजिव साह, डा. रोशन अटल, डा. प्रविन तिम्सिना, डा. प्रबिन चौधरी र डा. ललित बोहोरा रहेका छन् ।
एशोसिएसनको प्रमुख सल्लाहकारमा डा. निराजनप्रसाद पराजुली र साइन्टिफिक को-अर्डिनेटरमा डा. अनुप पोखरेल चयन भएको जनाइएको छ । कार्यक्रममा डाक्टर प्रेमबहादुर शाही र डाक्टर निराजन पराजुलीलाई सम्मान गरिएको छ ।
पेशागत सुरक्षा, ज्ञान तथा अनुभव साटासाट र चिकित्सकीय क्षमता विकासका लागि आफू संगठित भएकाे मेची च्याप्टरका अध्यक्ष डाक्टर मैनालीले बताए ।
कार्यक्रममा बोल्दै एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष डाक्टर रोहित पोखरेलले सीमित श्रोत साधनबाट चल्नुपर्ने भए पनि आपसी ज्ञान र सीप साट्ने माध्यमकारुपमा मेची च्याप्टर रहने बताए ।
सञ्चारकर्मी लीला अनमाेलले सञ्चालन गरेको कार्यक्रममा एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष रमेशप्रसाद सिंह, नेपाल चिकित्सक संघ मेचीका पूर्व अध्यक्ष डाक्टर पिताम्बर ठाकुर, संघका वर्तमान अध्यक्ष सीपी यादव लगायतले बोलेका थिए ।
स्पिक कर्नरबाट