1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ७ आइतबार

मोरङमा मृत भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ



झापा ।  मोरङको सुन्दरहरैचामा मृत अवस्थामा भेटिएका दुई बालिकाकी आमा बिर्तामोडबाट पक्राउ परेकी छन् ।

आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् ।

भदौ १५ गते सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केराघारीभित्र धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आयिका कार्की र १ वर्षीया अर्पणा कार्की मृत अवस्थामा फेला परेपछि आमा अन्जना न्यौपाने कार्की फरार भएकी थिइन् ।

हिजो साँझ सिटीसेन्टरस्थित एक घरमा बास माग्दा घरधनीले बास दिएका थिएनन् ।

त्यसको जानकारी पाएर इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले खोजी गरेको थियो । तर, उनी राति भेटिइनन् ।

आज बिहान करिव ५ बजे सिटीसेन्टरमै बेलबारी प्रहरीको टोलीले उनलाई फेला पारी मोरङतर्फ लिएर गएको बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

ती दुई बालिकालाई विष खुवाएर हत्या गरिएको आशंका गरिएको छ ।घटना भएको ५ दिनपछि अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ ।

 

नयाँ पेपरबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment