1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ बैशाख ५ शुकर्बार

गिरीबन्धु टी इस्टेट अगाडि फेला परेको पर्चामा के छ ?



झापा ।  झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि पड्काइसकेको कुकर बम राखेर आतंकित पारिएको छ ।

उक्त स्थानमा नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको छ ।

सो क्षेत्रमा विहानैबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालित भइसकेका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार राती नै कुकर बम पड्काइसकेको हुन सक्छ ।

स्थानीयका अनुसार राती पड्किएको आवाज पनि सुनिएको छैन ।

गाडीको ब्याट्री तारसहित कुकर र विर्को समेत फेला परेको हो ।

नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा फालिएको पर्चामा गिरीबन्द्र टि स्टेटको जग्गा कब्जा किन ? भन्दै सात बुँदा लेखिएको छ ।

 

इजलास दैनिकबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment