1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २१ सनिबार

झापाको बिर्तामोडमा छुरा हानेर युवतीको हत्या



झापा ।   छुरा हानेर झापाको बिर्तामोडमा एकजना महिलाको हत्या भएको छ । इलाम फिक्कल घर भएकी १९ वर्षीया मनिषा लोहारको महानन्द चोकमा छुरा हानेर हत्या गरिएको हो ।

घाँटी, छाती र कोखमा छुरा हानेर लोहारको हत्या गरिएको भेटिएको प्रहरीले जनाएको हो । घटनामा संलग्न भएको आरोपमा कैलालीका २० वर्षीय अनिल बिक पक्राउ परेका छन् ।

छुरा प्रहारबाट घाइते भएकी लोहारलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो । छुरा प्रहार गर्ने विक पनि घाइते भएको प्रहरीले जनाएको छ ।

विकलाई उपचारका लागि बिर्ता सिटी अस्पताल भर्ना गरिएको छ । स्थानीयले प्रतिकार गर्दा विक घाइते भएका हुन् । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको बिर्तामोडका डीएसपी प्रकाश बिष्टले बताए ।

 

स्पीक कर्नरबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment