झापा । युवा शक्तिको आधार नामक संस्थाको आयोजनामा झापाको बिर्तामोड ४ मा रहेको कञ्चनजङ्गा इङ्लिस बोर्डिङ स्कुलमा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वार्ड नं. ४ को आर्थिक सहयोगमा सम्पन्न अभिमुखिकरण कार्यक्रमबाट बिद्यालयका ७४ जना विद्यार्थीहरुलाई मानसिक स्वास्थ्यसँग सम्बन्धित जनचेतना दिइएको थियो ।
संस्थाकी अध्यक्ष दिपा पोखरेल सापकोटाको सभापतित्व तथा वडा नं. ४ का वार्ड अध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मनोरोग तथा साइकोथेरापिस्ट डा. बबिता शर्माले विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धित सचेतना गराउनुभएको थियो ।
कार्यक्रम पश्चात विद्यार्थीहरुले कार्यक्रम राम्रो भएको र यसबाट मन भित्र लुकेर बसेका धेरै जिज्ञासाहरु मेटिएको प्रतिकृया दिएका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाकी माहासचिव अस्मिता कार्कीले गर्नुभएको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१