1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असोज १२ सनिबार

बिर्तामोड ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय  फुटबल प्रतियोगिताको उपाधी अनारमनीलाई



झापा ।   बिर्तामोड नगरपालिका वडा नं. ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय  फुटबल प्रतियोगिताको उपाधी अनारमनी टोलबिकास संस्थाले हात पारेको छ ।

असोज ३ गते बाट सुरु भएको प्रतियोगिताको आजको फाइनल खेलमा दरबार टोलबिकास संस्थालाई ५/२ गोल अन्तरले पछि पार्दै अनारमनिले उपाधी हात पारेको छ ।

डोमालाल राजबंशि रंगशालामा भएको प्रतियोगिताको फाइनल खेल अघिको औपचारिक कार्यक्रममा प्रमुख अथिती कोशी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री एकराज कार्कीले रंगशाला जोगाउन लागिपर्नु पर्ने बताउनुभयो ।

उहाँले डोमालाल राजबंशी रंगशाला आफ्नो स्वामित्वमा ल्याउन स्थानोय तहले पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला सँगै विभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी र खेलप्रेमिहरुको उपस्थिती रहेको थियो ।

वडा खेलकुद विकास समितिका उपाध्यक्ष बाप्पा शाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिती र अथितिहरुले बिजयी टिम र खेलाडिहरुलाइ पुरस्कृत गर्नुभएको थियो ।

वडामा रहेका ३२ वटा टोलबाट ८ वटा टिम सहभागी प्रतियोगिताको प्रथम टिमले नगद १५ हजार सँगै ट्रफी र द्वितीय हुने टिमले नगद १० हजार सहित ट्रफी प्राप्त गर्यो ।

Comment