1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ असोज १२ सनिबार

गरामनीका बैंक तथा वित्तीय संस्थासँग सुरक्षाका बिषयमा प्रहरीको छलफल



झापा ।  नेपालीका मुख्य चार्डपर्वहरू नजिकिएसँगै हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा रहेको अस्थायी प्रहरी चौकीले त्यस क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूसँग अन्तरक्रिया गरेको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा के कस्ता चुनौतीहरु छन् र त्यसलाई सहज बनाउनका लागि प्रशासनले के कस्ता कार्यहरु गर्न सक्छ भन्ने विषयमा अन्तरक्रिया आयोजना गरेको हो ।

गत मंगलबार आयोजना गरिएको अन्तरक्रियाबाट गरामनी बजार क्षेत्रका करिब एक दर्जन बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

गरामनी अस्थायी प्रहरी चौकीका प्रमुख चन्द्रकान्त रायले सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु बोलाएर छलफल गर्नुभएको हो ।

छलफलबाट पछिल्लो समय सहकारी क्षेत्रका कलेक्टरहरू असुरक्षित रहेको प्रतिक्रिया सहकारी क्षेत्रबाट आएको थियो।

सहकारी क्षेत्रमा काम गर्ने कलेक्टरहरूले कलेक्सन गरेर ल्याएको पैसा बाटोमै चोरी हुने गरेका समस्याहरु आएको उनीहरुले प्रतिक्रिया दिएका थिए।

जसको जवाफमा एक लाख भन्दा माथि पैसा संकलन गरेको अवस्थामा असुरक्षित महसुस गरेमा फोन सम्पर्क गरेर सहयोग माग्न सकिने प्रहरी प्रमुख रायले बताउनुभएको थियो ।

उहाँले त्यस टाउँमै गएर पैसा बढी उठेको अवस्थामा आफ्नो कार्यालय सम्म ल्याउनका लागि प्रहरीले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

यो सँगै बैंक तथा वित्तीय संस्थामा कोही शंकास्पद व्यक्ति आएमा तत्काल प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभएको थियो।

त्यस्ता शंकास्पद व्यक्तिहरु आएको अवस्थामा प्रहरी तत्काल त्यस क्षेत्रमा पुगेर हुनसक्ने सम्भावित घटनालाई न्यूनीकरण गर्न पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको थियो ।

Comment