झापा । संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले आज झापाका बिभिन्न ठाउँहरुको अवलोकन गर्नुभएको छ ।
निरन्तरको भारी वर्षाका कारण क्षती पुगेका स्थानहरु सँगै बिर्तामोड नगरपालिकाको मुख्य व्यापारीक केन्द्र बिर्तामोडबाट जिल्लाको सदरमुकाम भद्रपुर जोड्ने निर्माणाधिन मुख्य राजमार्ग र ७ नम्बर वार्डको पर्यटकिय क्षेत्र शहिद नेत्र पार्कको अवलोकन गर्नुभएको हो ।
साथै उहाँले निर्माणाधिन बुट्टाबारी प्याकुरेल चोक सडक खण्डको समेत अवलोकन गर्नुभयो ।
अवलोकन पछि उहाँले निर्माणाधिन अवस्थामा रहेको बिर्तामोड–भद्रपुर सडक खण्ड समयमै सम्पन्न गर्न ठेकेदार कम्पनिका प्रतिनिधीलाई निर्देशन दिनुभयो ।
त्यस्तै उहाँले बिर्तामोड नगरपालिका वार्ड नम्बरको पर्यटकिय क्षेत्र शहिद नेत्र पार्क नजिकै रहेको देउनीया खोलाको काठे पुलको प्रतिस्थापन गर्दै पक्कि पुल निर्माणमा पहल गर्ने प्रतिवद्वता जनाउनुभयो ।
कार्यक्रममा ७ नम्बर वार्डका अध्यक्ष अविरल कृष्ण खरेलले अन्य बाटामा समेत काम गरिदिन आग्रह गर्नुभयो ।
त्यस अघि मन्त्री दाहाललाई नेकपा एमाले झापाले स्वागत तथा बधाई दिएको थियो । सो कार्यक्रममा उहाँले सडक समस्याकै कारण दशैंमा घर जान कोही पनि नरोकिने बताउनुभएको थियो । उहाँले दशैंका लागि पनि छिटोभन्दा छिटो अवरुद्ध खुलाउने काम भइरहेको समेत बताउनुभयो ।