झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ ले आज घरघरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ।
केही दिन अगाडिबाट कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरण गरेको वडाले कार्यालयमा आउन नसक्ने अशक्त र अपाङ्गता भएका व्यक्तिहरुलाई घरघरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको हो।
वितरण कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष अविरल कृष्ण खरेलको नेतृत्वमा चन्द्रमणि खरेल, दीपक कार्की, रुद्र कार्की र कर्मचारी लक्ष्मण शाहीको टोली रहेको थियो ।
गत शनिबार पनि कार्यालयले राष्ट्रिय परिचय पत्र वितरण गरेको थियो।
भिडभाडलाई मध्यनजर गर्दै कार्यालयले अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई घरघरमै राष्ट्रिय परिचयपत्र वितरण गर्ने जनाउ दिएको थियो।
आज लाभान्वित परिवारहरूबाट यो कार्यको खुलेर प्रशंसा भएको वडा अध्यक्ष खरेलले जानकारी गराउनुभयो।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१