1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ९ मंगलबार

हिकोला रोड एकतर्फी मात्रै



झापा  ।  अति व्यस्त बन्दै गएको झापा बिर्तामोड बजारका भित्री सडकलाई आजदेखि एकतर्फी बनाइने भएको छ ।

केहीदिनअघि बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको छलफलबाट आजदेखि सडक एकतर्फी बनाइने निर्णय भएको थियो ।

निर्णयअनुसार काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडमा सवारी साधन एकतर्फी (दक्षिणबाट उत्तर) मात्र सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपांग्रे मात्र पार्किङ गर्न पाइने भएको छ ।

त्यस्तै, हिकोला रोडमा सामग्रीहरु लोड अनलोड गर्ने ठुला सवारी साधनलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म प्रवेश निषेध गर्ने र शनिश्चरे रोड ग्लोबल आइएमइ बैंक हुँदै कृषि थोक चोक (चौबाटो) सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय भएको बिर्तामोड वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

 

इजलास दैनिकबाट

Comment