1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ चैत्र ८ आइतबार

नेपाली काङ्ग्रेस कचनकवलद्वारा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम



 झापा  ।  नेपाली काङ्ग्रेस कचनकवल ७ ले दीपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

यस कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यसमितिका उपसभापति केशव पाण्डे रहनुभएको थियो।

कार्यक्रममा जिल्ला सहसचिव कालेन्द्र प्रसाद राजवंशी र महाधिवेशन प्रतिनिधि विजय रिजालको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सहसचिव कालेन्द्र राजवंशी, प्रदेश सभापति चिन्तामणि खरेल लगायत अन्य वक्ताहरूले आआफ्ना विचार राख्दै आगामी दिनमा कचनकवल क्षेत्रमा काङ्ग्रेस पार्टीको भूमिकालाई अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रमुख अतिथि पाण्डेले क्षेत्रको विकासको प्रशंसा गर्दै काङ्ग्रेसको योगदानलाई स्मरण गरे ।

कार्यक्रमको सभापतित्व रमेश पौड्यालले गर्नुभएको थियो भने नेकपा एमालेका पार्टी सदस्य लक्ष्मण राई र टोप बहादुर पौड्यालले पनि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपस्थित सबैलाई हार्दिक शुभकामना व्यक्त गरे।

 

पालिका सन्देशबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर