1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २१ सनिबार

टोल कमिटी अधिवेशन धमाधम हुँदै, यो महिना भरिमा अधिवेशन सम्पन्न गर्ने एमालेको लक्ष्य



झापा ।   नेकपा एमालेले बिर्तामोड नगरपालिकाका सबै वडामा टोल कमिटी अधिवेशनलाई तिब्रता दिएको छ ।

बिर्तामोड नगर कमिटिको अगुवाइमा नगरका दश वटै वडामा गरि २९ वटा कमिटिको अधिवेशन सम्पन्न भएको एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराइले जानकारी दिनुभयो ।

नगरको १ नम्बर वडामा ४ वटा, २ नम्बर वडामा ६ वटा, ३ नम्बर वडामा १ वटा, ४ नम्बर वडामा ३ वटा, ५ नम्बर वडामा ६ वटा, ८ नम्बर वडामा ४ वटा र वडा नम्बर १० नम्बर वडामा ५ वटा कमिटिको अधिवेशन सकिएको भट्टराइले जानकारी दिनुभयो ।

गत असोज ४ गतेको नगर कमिटिको पूर्ण बैठकले अधिवेशन गर्ने निर्णय पारित गरेको थियो । सोहि अनुसार काम अगााडी बढेको र यो महिना भरिमा सबै वडाका टोलहरुमा अधिवेशन सम्पन्न गर्ने पार्टीको लक्ष्य रहेको छ ।

पार्टीले नगर कमिटिका सदस्यहरुलाई प्रत्येक टोल कमिटिमा अधिवेशनका लागि संयोजक समेत तोकेको छ ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment