1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

झापामा छठ पर्वको तयारी तिव्र



झापा ।  झापाका विभिन्न क्षेत्रमा यस वर्षको छठ पर्वको तयारी तिव्र भएको छ ।

पूजाका लागि नदि किनारलाई सजाउन सुरु गरिएको छ ।

झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको पुरानो बजार विर्ताबजार छेउ अदुवा खोला तटमा हाल सरसफाईको कार्य चलिरहेको छ ।

नेपालक विशेषगरि तराई क्षेत्रमा तथा ताल, पोखरी, खोलाका छेउमा श्रद्धा एवं भक्तिपूर्वक छठ पूजा गरिन्छ ।

यस पर्वका अवसरमा पञ्चमी देखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

यस वर्षको छठ पूजामा कार्तिक २२ गते अस्ताउँदो सुर्य र कार्तिक २३ गते उदाउँदो सुर्यलाई अर्घ दिइन्छ ।

यस्तै कन्काई नगरपालिकाको बिरिङ खोला र नेपाल–भारतको सीमा नाकासँग जोडिएको भद्रपुर–५स्थित मेची नदी किनारमा समेत छठ पूजा गरिन्छ ।

नेपाल र भारत दुवै देशका ब्रतालु परिवारजनले मेची नदी किनारमा एक साथ छठ पर्व मनाउँदै आएका छन् ।

Comment