झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ पानी ट्याङ्की टोलका ४१ जना स्थानीयबासीले एकसाथ सारङ्गी फ्लिम हेर्ने भएका छन् ।
क्यु. एफ. एक्स. सिनेमा हल बिर्तामोडमा आज बेलुका ७ः१५ बजेको सो हेर्न जान लागेको बताइएको छ ।
पछिल्लो समय दर्शकले अत्यन्तै रुचाएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न उनीहरुले पैसा उठाएर जाने निर्णय गरेका हुन् ।
बिदेशी नक्कल गरिएका सिनेमा भन्दा पहाडी परिवेश र गाउँले कथाबस्तुमा बनेको नेपाली सिनेमालाई माया गर्नु पर्छ भन्ने आसयले यो फ्लिम हेर्न जान लागेको स्थानीय लक्ष्मी अधिकारीले बताउनुभयो ।
वास्तबिक जिवन कथामा आधारित रहेको यो फ्लिम हेरेर आँखा नरसाउने दर्शक थोरै मात्र रहेको र धेरै दर्शकले रुचाएको फ्लिम हुनाले गाउँवासी सबैलाई हेर्न रहर लागेको स्थानीय कुबेर कोइरालाले बतायनुभयो ।
आज सारङ्गी फ्लिमका कलाकार बिर्तामोडका हलहरुमा आउने भएकाले उनीहरुले सँगै बसेर सिनेमाको आनन्द लिन पाउने भएका हुन् ।
लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र समेत बनेको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फ्लिम ओखलढुंगाको रुम्जाटारमा छायाङ्कन गरिएको बताइएको छ ।
विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको यस फ्लिममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
यस्तै बाल कलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहेको छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन बनेको यो फ्लिम गन्धर्व परिवारको कथामा आधारित रहेकोे छ ।