1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २२ आइतबार

पूर्वसभामुख स्व. दमननाथ ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने



झापा ।  पूर्वसभामुख स्व. दमननाथ ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ ।

उहाँको निधनप्रति सरकारले आज सोमबार सार्वजनिक बिदा दिएको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उहाँको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने र सोमबार सार्वजनिक बिदा दिने निर्णय हो।

ढुंगाना लामो समयदेखि कलेजो र मिर्गौला रोगको समस्याबाट पीडित हुनुहुन्थ्यो। आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा उहाँको निधन भएको थियो।

उहाँको पार्थिव शरीर सोमबार अहिले श्रद्धाञ्जलीका लागि सानो गौचरनमा राखिएको छ।

ढुंगाना २०४८ साल देखि २०५१ साल सम्म प्रतिनिधिसभाको सभामुख रहनुभएको थियो ।

उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन्।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment