1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ मंसिर ४ मंगलबार

गौरीशङ्कर शिवालय बारदशीमा पुराण लाग्दै



झापा ।   झापाको बारदशी गाउँपालिका स्थित प्राचीन ऐतिहासिक प्रसिद्ध तिर्थस्थल कञ्चनगढधाम साधुकुटीमा श्रीम‌द्देवीभागवत महापुराण धनधाञ्याचल विराट ज्ञानमहायज्ञ हुने भएको छ ।

साधुकुटिलाइ राष्ट्रिय स्तरबाट नै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, गुरुकुल बचाउने अभियान, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पुराण लाउन लागिएको श्री गौरीशङ्कर शिवालय गायत्रीस्वरूपाश्रम एवं गुरुकुल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानु सुबेदिले जानकारी दिनुभयो ।

बालाचतुर्दशीको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सुप्रसिद्ध कथावाचक ईश्वरकृष्ण महाराजको सानिध्यता तथा देवघाट धामका प्रसिद्ध युवा कथावाचक आचार्य सन्तोष रामानुज गुरुज्यूको श्रीमुखबाट कथा प्रवचन हुने उहाले बताउनुभयो ।

यहि मंसिर ०८ गतेदेखि १६ गतेसम्म जपात्मक, पाठात्मक, हवनात्मक श्रीम‌द्देवीभागवत महापुराण धनधाञ्याचल विराट ज्ञानमहायज्ञ हुने बताउँदै उहाँले परापूर्वकाल देखि चली आएको कञ्चन जलढाला धार्मिकमेला समेत आयोजना हुने बताउनुभयो ।

समुद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्किको प्रमुख आतिथ्यतामा आयोजना हुने छ ।

Comment