1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ मंसिर ४ मंगलबार

बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको संख्या सय पुग्यो



झापा ।  बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित बिर्तामोड नगर अस्पतालमा नर्मल डेलिभरी गराउनेको सङ्ख्या बढ्दै गएको छ।

पछिल्लो समय नगरबासिका लागि डेलिभरी गराउनका लागि रोजाइको गन्तव्य बिर्तामोड नगर अस्पताल बनिरहेको छ।

हालसम्ममा यस नगर अस्पतालले एक सय वटा नर्मल डेलिभरी गराएको छ।

२०८० साल साउन ४ गतेदेखि नर्मल डेलिभरी गराउँदै आएको यस नगर अस्पतालले हालसम्ममा एक सय वटा नर्मल डेलिभरी गराइसकेको बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकीले जानकारी गराउनुभएको छ।

सय वटा नर्मल डेलिभरी पुर्याउन सफल भएकोमा आज एक कार्यक्रमका बीच अस्पतालले विभिन्न व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेको छ।

अस्पतालका प्रमुख डाक्टर सुनिल अधिकारीको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच सम्पूर्ण स्वास्थ्यकर्मी अस्पताल प्रशासन बिर्तामोड नगरपालिका लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेको हो।

कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकी रहनुभएको थियो।

Comment