1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

 बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु



झापा ।   बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आजदेखि पशुपंछी तथा मत्स्य विकास शाखाको कार्यालयमा सुरु भएको हो ।

एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिनुभयो । छाडा कुकुरका कारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमा समेत क्षति हुने गरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।

यस पटक २ सय वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशुपंछि तथा मत्स्य विकास शाखाका प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिनुभयो । बिर्तामोडमा सामुदायिक कुकुरको बन्ध्याकरण हरेक वर्ष हुँदै आएको छ । यस वर्ष हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोडले प्राविधिक सहयोग उपलब्ध गराएको छ । यस संस्थाका चिकित्सक सहित १२ जना भन्दा बढी जनशक्ति यस शिविरमा खटिएका छन् ।

यस वर्ष ५ लाख रुपैयाँ बजेट यस शिर्षकमा छुट्टिएको र सोहि अनुसार शिविर सञ्चालन गरिएको शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा कुकुर बन्ध्याकरणको खर्च दुई हजार ६५० रुपैयाँ हुने गरेको छ ।

कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित शिविर उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो ।

 

इजलास दैनिकबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment