झापा । झापाको दमकनगरपालिका स्थित दमक भ्यू टावर लगायत ६ वटा भौतिक संरचनालाई संघ सरकारले सञ्चालन गर्ने भएको छ ।
सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन आदेश) जारी गर्दै झापाको दमकस्थित दमक भ्यू टावर अर्थात दमक विजनेस टावर, संघीय संसद् भवन रहेको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरको गोदावरीस्थित सनराइज सभा हल, रुपन्देहीको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सभा हल र बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र काठमाडौंको सुन्धारास्थित धरहरालाई विकास समितिमार्फत सञ्चालन गर्ने गरी विशिष्ट संरचनामा सूचीकृत गरेको हो ।
विकास समिति गठन आदेश मंसिर ३ गते राजपत्रमा प्रकाशित भइसकेको छ । यी सबै संरचना गठन आदेशमार्फत् जारी भएको विकास समितिमार्फत सञ्चालन गर्ने सरकारको तयारी छ ।
दमकस्थित दमक भ्यू टावर अर्थात दमक विजनेस टावर अहिले सञ्चालनमा आएको छैन ।