झापा । झापाको बिर्तामोड नगरपालिका स्थित महेन्द्र रत्न मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको पहल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय र बिर्तामोड नगरपालिका वडा नं. ३ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेलले प्रशिक्षण गराउनुभएको कार्यक्रममा प्रहरि नायव निरिक्षक पूर्ण गौतम, बरिष्ट हवल्दार धुर्व राजबंशी, बिर्तामोड नगरपालिका शिक्षा शाखाका अधिकृत केशर बहादुर खवास, ३ नम्बर वडाका वडा सदस्य हरि बाँस्कोटा, संचारकर्मी गणेश कोइराला लगायतको उपस्थिती रहेको थियो ।
पछिल्लो समय बढिरहेको सवारी दुर्घटनालाई न्युनिकरण गर्न तथा जेब्रा क्रस र सडक बत्तिका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले जानकारी दिनुभयो ।
बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष टंक सेडाइको सभापतित्व तथा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा १ सय जना भन्दा बढि विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१