1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ चैत्र २८ शुकर्बार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू



झापा ।  हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ ।

नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

अभियानका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै कसैले पनि हिंसा, अपमान र विभेद महसूस गर्न नपरोस् भनी शुभकामना दिनुभएको छ । यस अभियानले हामी सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास प्रधानमन्त्री ओलीको भनाइ छ । यस्तै अभियानको अवसरमा देशैभर अन्तरक्रिया, छलफल,र्‍यालीलगायतका कार्यक्रम भइरहेका छन् ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment