झापा । सुनको भाउ हिजो र आज दुई दिनमा तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आज पनि एकैदिन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४८ हजार सात सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ५१ हजार तीन सय रुपैयाँमा झरेकाे थियो ।
केही दिनअघि निरन्तर बढे्को सुनको भाउ हिजो भन्सार महसूल घटेसँगै घट्न थालेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि २५ रुपैयाँले घटेको छ ।
चाँदीकाे भाउ २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय २० रुपैयाँ कायम भएकाे महासङ्घले जनाएको छ ।
सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाइएको छ ।
सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१