1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २८ सनिबार

“एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने नारा सहित अर्जुनधारामा कार्यक्रम सम्पन्न 



झापा ।   ३७औं विश्व एड्स दिवसका अवसरमा झापाको अर्जुनधारा नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

“एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम स्वास्थ्य कार्यालय झापा, ए. एच. एफ. नेपाल र आम्दा नेपालको आयोजना तथा अर्जुनधारा नगरपालिका, लुवकुश आश्रम र रिचमोन्ड फेलोशिपको सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रम अघि निकालिएको र्यालीले शनिश्चरे बजार परिक्रमा गरेको थियो ।

र्यालीमा ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं, नियमित एचआइभी जाँच गरि सुरक्षित रहौं, अरुलाई पनि सुरक्षित राखौं’ लेखिएका प्ले कार्डसहित शनिश्चरे माविका स्काउट दलका विद्यार्थी, प्रादेशिक अस्पताल भद्रपुर ए. आर. टि. सेन्टर, लवकुश आश्रम, आर. एफ.एम. का प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । एड्ससँग सम्बन्धित प्रश्नहरु राखिएको प्रतियोगितामा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको लवकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले बताउनुभयो ।

ए. एच. एफ. नेपालका ए.आर.टि क्लिनिक अफिसर निकेश आचार्यले यो अभियानले स्थानीयस्तरमा एड्स प्रतिको गलत धारणा हटाउन तथा संक्रमित व्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोण विकास गर्न ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

झापाको भद्रपुर र दमकमा गरेर करिव ७ सय संक्रमितहरुले नियमित औषधि सेवन गरिरहेका छन् ।

१५ सय संक्रमित रहेको झापामा ए.एच.एफले विपन्न परिवारका संक्रमितहरुलाई यातायाता, औषधि उपचार र पोषणयुक्त खानपानमा समेत सहयोग गर्दै आएको ए. आर. टी. काउन्सिलर कंचन नेपालिले जानकारी दिनुभयो ।

बिर्तामोडको मुक्ती चोकमा साँझमा दिप प्रज्वलन कार्यक्रम गरी एड्सबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरीएको आम्दा नेपालका डिल्लीराम नेपालले बताउनुभयो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर