1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

सानाकिसान गरामनीले कमायो एक वर्षमा ८ लाख भन्दा बढी



झापा ।   साना किसान कृषि सहकारी संस्था लि. बिर्तामोड ८ ले चालू आर्थिक वर्षमा ८ लाख भन्दा बढी आम्दानी गरेको छ ।

सदस्यहरुलाइ आर्थिक रुपमा स्वबलम्बी बनाउने उद्वेश्यका साथ संचालित यस सहकारीले चालू आर्थिक वर्षमा ८ लाख १० हजार १ सय एघार रुपैया आम्दानी गरेको हो ।

सनिबार गरामनी बजारमा आयोजित नवौँ बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष शेखर कडेलले भाका नाघेका कर्जाको कर्जा जोखिम कोषमा छुट्याएको रकम बाहेक नै त्यति नाफा भएको जानकारी दिनुभयो ।

संस्थामा चालू आर्थिक वर्षमा कुल शेयर ७० लाख ३ हजार, निक्षेप १ करोड ७६ लाख ५२ हजार १ सय ६४ र कुल लगानी ३ करोड ६६ लाख २९ हजार ४ सय ५० रुपैया रहेको जनाइएको छ ।

त्यस्तै संस्थाको एक वर्षको कुल आम्दानी ५६ लाख ४ हजार ६९ रुपैयाँ र कुल खर्च ४७ लाख ९३ हजार ९ सय ५८ रुपैयाँ रहेको समेत कडेलले जानकारी दिनुभयो ।

यस सहकारीले साना किसान बिकास लघुबित्त बित्तिय संस्थाबाट लिएको ऋण गत वर्षको तुलनामा १ करोड २० लाख ८० हजारले घटाएर ९४ लाख ७० हजार रुपैयाँमा झारेको संस्थाका ब्यवस्थापक पुष्प ढुङ्गेलले जानकारी दिनुभयो ।

गरामनी बजारको सामुदायिक सभाहलमा सम्पन्न साधारण सभा संस्थाका अध्यक्ष कडेलको सभापतित्व तथा कोशी प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्त्री कार्कीले किसानकालागी यस सहकारीले राम्रो काम गरेको प्रतिकृया आएको बताउँदै धन्यबाद दिनुभएको थियो । साथै उहाँले किसानलाइ सिंचाइ बोरिङ्ग उपलब्ध गराउने कुरामा लागि पर्ने समेत प्रतिवद्दता दिनुभयो ।

Comment