1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

एमाले बिर्तामोड ७ को अधिवेशन सम्पन



झापा ।  नेकपा (एमाले) बिर्तामोड नगरपालिका, वडा नं ७ को दोस्रो वडा अधिवेशन आज सम्पन्न भएको छ ।

अधिवेशनबाट क. चन्द्रमणि खरेलको अध्यक्षतामा २६ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा कुवेर प्रसाद कोइराला, सचिवमा बिबेक मिश्र, उपसचिवहरुमा सूर्य लावती र माया ढकाल चयन हुनुभएको छ ।

वडा अधिवेशनमा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्य हरिचरण शिवाकोटीले वर्तमान समयमा प्रतिक्रियावादी शक्तिहरू नेकपा (एमाले)को विरोध गरी देशलाई नै आघात पुर्याउन लागि परेकोले पार्टीपंक्ति एकुजुट भएर अघि बढ्ने समय आएको बताउनुभयो। यसैगरी, विशिष्ट अतिथि खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की, जिल्ला कमिटी सदस्य देवराज कार्की, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले नवगठित कार्यसमितिलाई नेकपा (एमाले) लाई जनताको हित हुने गरी अघि बढ्न निर्देशनका साथ शुभकामना दिनु भयो।

कार्यक्रममा बिर्तामोड नगर इन्चार्ज अम्बिर लिङ्देन, नगर कमिटी उपाध्यक्ष मदन बुढाथोकी, नगर कमिटी सदस्य तथा वडा नं ७ का अध्यक्ष कृष्ण अविरल खरेल, वडा नं ७ का वडा सदस्य खडानन्द निरौला, नगर सदस्यहरू हरी प्रसाद बास्कोटा, गणेश कोइराला, नवीन किशोर बिमली, लेखा कमिटी उपाध्यक्ष दिनेश अधिकारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम अध्यक्ष मण्डलका संयोजक हडम मुर्मुको अध्यक्षतामा सम्पन्न भएको थियो। युवराज निरौलाले सञ्चालन गर्नु भएको यस कार्यक्रममा गणेश कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियो।

Comment