झापा । झापाको बिर्तामोड नगरपालिका वडा न ३ मा आज एक कर्यक्रमका बिच झापा जिल्ला डोरी तान संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता तथा संघका केन्द्रीय सदस्य संगीता चिमरिया र संघका प्रदेश उपाध्यक्ष हिमा पौडेलको बिशेष आतिथ्यता रहेको कार्यक्रममा उक्त कार्यक्रमको औचित्यमाथी प्रकाश सहित स्वागत मन्तब्य संघका जिल्ला सदस्य हेम कुमार न्यौपानेले गरेका थिए ।
कार्यक्रमको संचालन सचिव मनिस मुर्मु र प्रतिवेदन पेश कोषाध्यक्ष मेनुका उप्रेतिले गरेका थिए ।
साथै आजै डोरि तानी संगठनको जिल्ला कमिटी पनि गठन भएको छ । जसको अध्यक्षमा युनिता दवाडी, उपाध्यक्षमा कुशब मैनाली र हेम कुमार नौपाने, सचिवमा मनीष मुर्मु, सह सचिबमा शंकर कट्टेल, कोषाध्यक्षमा मेनुका उप्रेती, सह कोषाध्यक्षमा विजय दुलाल, सदस्यहरुमा शंकर कार्की, कुशल न्यौपाने, नबिन भट्टराइ, श्रीप्रसाद न्यौपाने, पुष्प न्यौपाने र भरत ढकाल रहेका छन ।
उक्त कार्यक्रममा बोल्दै मदन बुढाथोकीले आफुले सकेको सहयोग गर्ने र कार्यक्रम सफलताको शुभकामना र नयाँ बनेको समितीलाइ बधाइ ब्याक्त गरेका थिए ।