1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ८ सोमबार

रुसले सिरियाली जनताप्रति चासो नदेखाएको ट्रम्पको भनाइ



झापा ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको राजधानी दमास्कसमा विद्रोही समूह प्रवेश गरेको विषय र रुस–युक्रेन युद्धबारे टिप्पणी गर्नुभएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथबाट सिरियाका राष्ट्रपति बसर अल असादले देश छाडिसक्दा पनि रुसले सिरियाली जनताप्रति कुनै चासो नदेखाएको प्रतिक्रिया दिनुभएको छ ।

ट्रम्पले युक्रेन युद्धका कारण रुसले सिरियामा आफ्नो चासो गुमाएको बताउँदै युक्रेनसँगको युद्धमा ६ लाख रुसी सैनिक मारिएको दाबीसमेत गर्नुभएको छ । रुस र इरान अहिले कमजोर देश बनेको ट्रम्पको भनाइ छ ।

साथै उहाँले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युद्ध रोक्न रुससँग सम्झौता गर्न चाहेको बताउँदै युक्रेनका चार लाख सैनिक र धेरै नागरिक मारिएको पुष्टी गर्नुभएको छ । रुस र युक्रेनबीच तत्काल युद्धविराम हुनुपर्छ र वार्ता शुरु हुनुपर्ने भन्दै उहाँले रुसको ध्यान अब युक्रेनतर्फ जानुपर्ने तर्क समेत गर्नुभयो ।

Imagekhabar

Comment