झापा । हाम्रो शिखर कृषि सहकारी संस्था लि. ले आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५ हजार ११ रुपैया नाफा कमाएको छ ।
झापाको बिर्तामोड ८ गरामनी बजारमा मुख्य कार्यालय रहेको यस संस्थाले आगामी आर्थिक वर्षमा २३ लाख भन्दा बढी नाफा आर्जन गर्ने आँकलन गरेको संस्थाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
जम्मा ६ सय ४६ जना शेयर सदस्य रहेको संस्थामा १ करोड ११ लाख भन्दा बढी शेयर पुँजी ३ करोड १८ लाख भन्दा बढी निक्षेप रहेको १५ औँ साधारण सभाका बिच अध्यक्ष घनेन्द्र पाण्डेले बताउनुभयो ।
आज आयोजित साधारणसभामा संस्थामा १७ लाख भन्दा बढी तरलता रहेको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष पाण्डेको अध्यक्षता तथा बिर्तामोड ८ का वडा अध्यक्ष अजय कार्किको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभाको संचालन संस्थाका सचिव युबराज गौतमले गर्नुभएको थियो ।