झापा । लामो समयदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ ।
अध्यक्ष लामाको आइतबार उपचारका क्रममा निधन भएको हो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष थिए ।
लामाको निधनप्रति रोशी गाउँपालिका र नेकपा एमाले काभ्रेले वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् ।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले वडाध्यक्ष लामाको निधनमा आज शोक बिदा दिने दिइएको बताए ।
अन्लाइन खबरबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१