1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २८ सनिबार

कचनकवल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा स्काई पोख्रेल



झापा ।   करिब डेढ महिनादेखि अधिकृतविहिन रहेको कचनकवल गाउँपालिकामा स्काई पोख्रेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुक्रवार हाजिर भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार पोख्रेलले आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

पोख्रेल यसअघि पाँचथरको याङवरक गाउँपालिकामा कार्यरत थिए। उनलाई कचनकवलमा स्थानान्तरण गरिएको हो।

कचनकवलमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेलको सरुवापछि योजना अधिकृत केशव मैनालीलाई निमित्तको जिम्मेवारी दिइएको थियो।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा गाउँपालिकाको सेवा करिब डेढ महिनादेखि प्रभावित भएको थियो।

पोख्रेल पाँचथर याङवरक गाउँपालिकाको गाउँसभा सम्पन्न गरेपछि पौष १२ गते कचनकवलमा आफ्नो जिम्मेवारी सम्हाल्न आएको बताए।

उनका अनुसार अब कचनकवल गाउँपालिकाको प्रशासनिक काम नियमित रुपमा अघि बढ्नेछ।

पालिका सन्देशबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर