झापा । पाँचथरको फिदिमका एक बालकको जटिल अवस्थाको बिर्तामोड चिल्ड्रेन अस्पतालले सफल उपचार गरेको छ ।
फिदिम नगरपालिका–१४ का विञ्जेश फागेका चार वर्षिय छोरा सेसेहाङ फागेको अस्पतालले सफल उपचार गरेको भन्दै परिवारले खुशी ब्यक्त गरेका छन् । बालकको बहुअंग फेल भएको अवस्थामा गत पुस १० गते अस्पताल भर्ना गरिएका बालकको नौ दिन पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
छोराको अवस्था अत्यन्त नाजुक थियो– बुबा विञ्जेशले भने–हामीले बालबालिकाको मात्रै छुट्टै उपचार हुने यो अस्पतालमा ल्यायौं आज बाबु ठिक भएर घर लैजादैछौं । शुरुमा बालकलाई ज्वरो आएको तथा निरन्तर वान्ता भएपछि फिदिममा उपचार सम्भव नभएको भन्दै आफुहरुले बिर्तामोड चिल्डे«न अस्पताल ल्याएको बताए ।
बालकको अवस्था जटिल रहेको तर चिकित्सकको निरन्तरको निगरानीमा उपचार सम्भव भएको चिल्ड्रेन हस्पिटलका प्रबन्ध निर्देशक समेत रहेका नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रुपक आर्चायले बताए । उनले भने– बालकको बहुअंग फेल भएको थियो । बहुअंग भन्नाले शरिरका अधिकांश अंगले काम नगर्नु हो । आफुहरुले बालकको अत्यन्त जटिल अवस्थाको सफल उपचार गरेको डा.आर्चायको भनाई छ ।
बालकको मृगौलामा समेत संक्रमण भएको र तीनदिन देखि पिसाब बन्द भएको तथा शरिरको अन्य भागका समेत संक्रमण फैलिएको अवस्थामा उच्च निगरानीका साथ उपचार गर्न आफुहरु सफल भएको जानकारी दिए । उनले मृगौलामा क्रिएटिनिन डबल बढेर २.१ पुगेको अवस्थमा आफुहरुले सफल उपचार गरेको जानकारी दिए ।
बालकको कलेजो, मुटु, रगत, मृगौला, फोक्सो लगायत शरिरका अधिकांश भागमा संक्रमण फैलिसकेको बताइएको छ । बालकलाई शुरुवमा बान्ताभएको तथा ज्वरो आएको अभिभावकले बताएका छन् । उनीहरुले आफ्नो नाानीको सफल उपचार गरेको भन्दै अस्पताल परिवारलाई धन्यवाद दिएका छन् ।
बालरोग विशेषज्ञ डा.आर्चायले कुनै पनि बालकालिकाहरुले निरन्तर वान्ता गरेमा, पखला चलेमा, आालश्य भएमा, दुई दिनसम्म पनि ज्वरो नघटेमा तत्काल अपस्पताल लगेर चिकित्सकको परामर्शमा उपचार गर्नुपर्ने सुझाव दिए । उनले बालबालिकमा रोगप्रतिरोधात्मक क्षमता कम हुनेभएकाले यस्तो अवस्थामा अभिभावकहरुले ध्यान दिनुपर्ने बताए । उनले बालबालिकलाई चेकजाँच नगरी अनावश्यक औषधि नदिन सबैलाई सुझाव दिएका छन् ।