1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष २३ मंगलबार

निमोनियाको जटिल अवस्थाको सफल उपचार



झापा । झापाको हल्दिबारी गाउँपालिका–३ का अजय मेचे आफ्नी ५ वर्षिया छोरी एस्लिन मेचेलाई अस्पतालकै बेडमा बुबा–आमाको नाम लेख्न सिकाइ रहेका थिए । यो दृष्य पुस १९ गते बिहानको हो । बिर्तामोड चिल्ड्रेन अस्पतालमा उपचाररत बालिका निको भएसंगै उनले नानीलाई अध्ययनमा सहयोग गरेका हुन् । गत पुस ७ गते छोरी अन्तिम अवस्थामा पुगेपछि अस्पताल आएका मेचे दम्पत्ति छोरी ठिक भएसंगै प्रफुल्ल मुद्रामा देखिन्थे ।

छोरीलाई ज्वरो आएपछि स्थानीय क्लिनिकबाट औषधि ख्वाए पनि ठिक नभएको तथा अन्य अस्पतालमा समेत ठिक भएपछि बालकालिकाको मात्रै उपचार हुने अस्पतालमा नानीको निगरानी र उपचार राम्रो हुने अपेक्षा अनुसार ल्याएको बताए । आमा लीला मेचेले भनिन्– नानीलाई निमोनियाले जटिल अवस्थामा पु¥याएको रहेछ । धन्न अलिक छिटो अस्पताल ल्याएछौं ।

छोरीको उपचारमा चिकित्सक तथा नर्सहरुले अथक प्रयास र मेनहत गरेको भन्दै मेचे दम्पत्तिद्ले धन्यवाद दिए । उनीहरुले भने– ज्वरो त हो क्लिनिकबाट औषधि ल्याएर खुवाए ठिक हुन्छ भन्ने ठान्नु हुन्न रहेछ् । हामीले त छोरीलाई अन्तिम अवस्थामा ल्याएका हौं यहाँका डाक्टरहरुले निरन्तर निगरानीमा उपचार गरेपछ छोरी ठिक भइन् ।

ज्वरो र निमोनियाले ग्रस्त बनाएको अवस्थामा अस्पताल आएको विरामीलाई आफुहरुले उच्च निगरानीका साथ उपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक समेत रहेका बालरोग विशेषज्ञ डा. रुपक आर्चायले बताए । निमोनियाले अत्यन्त शिथिल अवस्थामा आएको विरामीलाई आफुहरुले निरन्तरको प्रयासमा सफल उपचार गरेर परिवारमा खुशीको सञ्चार गर्न सफल भएको डा. आर्चायले उल्लेख गरे । चिसो मौसममा बालबालिकामा स्वास्थ्य समस्या धेरै हुने भएकाले खानपान र हेरचहारमा ध्यान दिन उनले सबै अभिभावकलााई सुझााव समेत दिएका छन् ।

आफुहरुले १२ दिनसम्म अस्पतालमा राखेर छोरीको उपचार गरेपनि अत्यन्त सन्तुष्ट रहेको बताए । उनीहरुले बिर्तामोड चिल्ड्रेन अस्पताल महंगो नरहेको बताए । उनलीहरुले भने– बालबालिकाको मात्रै उपचार हुनेरहेछ, सबै रिर्पोट हेरेर मात्र औषधि प्रदान गर्नुका साथै डाक्टर र नर्सहरुले निरन्तर निगरानी गरेर उपचार गर्नुहुदो रहेछ । बिरामीको अवस्था हेरेर कति रकम लाग्छ भन्ने हुँदो रहेछ अन्य अस्पतालबाट जटिल अवस्थामा नानी ल्याएपछि सोही अनुसारको निगरानी तथा औषधि प्रयोग गर्नुपर्ने भएकाले महंगो लागेपनि वास्तविकता त्यस्तो नभएको मेचे दम्पत्तिले बताए ।

आफुहरुको पहिलो प्राथमिकता भनेको नवजात शिशु तथा बालबालिको सफल उपचार नै रहेको भन्दै डा. आर्चायले भने– ‘जटिल अवस्थाका बालबालिको उपचार संवेदनशिल भएकाले त्यहि अनुसारको औषधि प्रयोग गर्नुपर्ने भएकाले कसैलाई महंगो लाग्न सक्छ तर वास्तविकता बुझनेहरुले त्यसो भन्दैनन् ।’

डा.आर्चायले आफुहरुले धेरै बालबालिको उपचारमा विशेष छुट समेत दिने गरेको जानकारी दिए । पछिल्लो समय बालबालिकाको लागि छुट्टै उपचार गर्दै आएको चिल्ड्रेन हस्पिटलले धेरैको विश्वास जित्दै गएको छ । बालकालिका सम्बन्धि सबै रोगको उपचार गर्ने उद्धेश्यले सञ्चालनमा आएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले रोगको पहिचान गरेर मात्रै उपचार शुरु गर्ने गरेको अस्पतालकी सिईओ डा.सुजता मैनाली आर्चायले जानकारी दिइन् ।

Comment