झापा । नेकपा एमालेले बिर्तामोड नगर कमिटिले नगरका सबै वडामा टोल कमिटी अधिवेशनलाई तिब्रता दिएको छ ।
नगर कमिटिको अगुवाइमा नगरका दश वटै वडामा गरि ७५ वटा टोल कमिटि मध्ये ६७ वटा टोल अधिवेशन सम्पन्न भएको छ । ८ वटा टोल कमिटि गठन गर्न बाकि रहेको एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराइले जानकारी दिनुभयो l
वडा नं १ मा ६ वटा, वडा नंं २ मा १० वटा, वडा नं ३ मा ७ वटा, वडा नं ४ मा १० वटा, वडा नं ५ मा ७ वटा, वडा नं ६ मा ४ वटा, वडा नं ७ मा ६ वटा, वडा नं ८ मा ५ वटा, वडा नं ९ मा ३ वटा र वडा नाम १० मा ९ वटा टोल कमिटी अधिवेशन सम्पन्न भएको भट्टराईले जानकारी दिनुभयो।
उहाँका अनुसार अब वडा नं ३ मा १ ,वडा नं ६ मा १,वडा नं ८ मा १ र वडा नं ९ मा ५ वटा टोल कमिटी अधिवेशन गर्न बाँकी रहेको छ ।
यसै गरी अखिल नेपाल महिला सङ्घ लगायत सम्पूर्ण भातृ संगठनको टोल अधिवेशनलाई पनि तिव्रता दिइएको भट्टराईको भनाई छ ।