1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ माघ १३ आइतबार

बिर्तामोडमा भोलीदेखि अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव



झापा।   झापाको बिर्तामोडमा भोलीदेखि अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव सुरु हुदैछ । आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नेछन् । मुख्यमन्त्रीसहित मन्त्रीहरुको समेत सहभागिता रहने छ ।

व्यापार, कृषि, उद्यमशीलता, पर्यटन र स्वरोजगारको क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । बिर्तामोड उद्योग वाणिज्य संघ आयोजक रहेको महोत्सवको मुख्य प्रायोजन एपोलो पेन्ट्सले गरेको अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । उनले महोत्सव स्थललाई सुरक्षित बनाउन सीसी क्यामेरा, नेपाल प्रहर,ि निजी सुरक्षाकर्मीसमेत परिचान गरिने जनाइएको छ ।

बिर्तामोड– ५ स्थित धर्मकाटा रोडमा आयोजना गरिएको महोत्सवमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको न्यौपानेले जानकारी दिए । महोत्सवमा १५० वटा स्टलहरुमध्ये १४० वटा स्टल बुक भइसकेको जनाइएको छ ।
अलैंची, अदुवा, कुचो, सुपारी, मसला जस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।

महोत्सवमा भारत, भुटान, वंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनहरु पाइने जनाइएको छ । अध्यक्ष न्यौपानेका अनुसार महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने महासचिव कुशल खचिवडाले जानकारी दिए ।

  ijalas daily 

Comment