1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २९ आइतबार

मानवअधिकार एलायन्स झापाको अध्यक्षमा पाठक



झापा ।   मानवअधिकार एलायन्स झापाकाे छैटौं वार्षिक साधारण सभा तथा दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अर्जुन पाठकको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै साधारणसभा सम्पन्न भएको हो ।

नव निर्वाचित समितिको उपाध्यक्षमा नेत्र प्रसाईं, सचिवमा एकेन्द्र उप्रेती, काेषाध्यक्षमा पार्वता खतिवडा, सदस्यहरूमा काेसिस घिमिरे, अनिल गाैतम, अभिषेक मिस्र, मनिता सुवेदी, कमला गाैतम, ध्यान बहादुर भारती र यसाेदा बराल रहनुभएको छ ।

जिल्ला कमिटी कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद ढंगालको अध्यक्षता तथा पुर्व राष्ट्रीय सभा सदस्य हरीचरण सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसनमा गौरिगन्ज गाउँपालिका उपाध्यक्ष पुजन कुँवर, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रुद्र प्रसाद सिटौला, केन्द्रीय सदस्य पार्वता श्रेष्ठ, गैर सहकारी संस्था कोशी इन्चार्ज छवि खतिवडा, हरी ओझा, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुभास भट्टराई, मानव अधिकार एलायन्स कोशी प्रदेश कमिटी सदस्य दीपक दास, मोर्चा विभाग प्रमुख बिसन लिम्बु लगायततको उपस्थिती रहेको थियो ।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर