झापा । झापा सहित तराइका जिल्लामा चलिरहेको मन्द शीतलहर आज पनि कायमै रहेको छ ।
बिशेसगरि झापा, मोरङ, सुनसरी सप्तरी लगायतका जिल्लामा अत्याधिक शितलहर छ ।
मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि दिनभरि जसो हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ ।
शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्ने हुनाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ को प्रभावकारी कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीहरूको ध्यानाकर्षण गराएको छ ।
शीतलहर तथा हुस्सु कुहिरोको समस्या बढेकोले त्यसबाट नागरकिलाई बचाउन तराईसहित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पात्राचार गरेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।
अबको तीन दिन वर्षा गराउने र हिमपात हुने प्रणाली नभएको तर तराई क्षेत्रमा शीतलहर तथा बाक्लो हुस्सु र कुहिरोको प्रभाव यथावत रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।