1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ मंसिर २९ आइतबार

झापामा सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा



झापा ।  झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् ।

अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र मातहतको फार्मले अतिक्रमण हटाउन वर्षेनि पहल गरिरहेकाे छ ।

फार्मका कार्यालय प्रमुख एवम् वरिष्ठ बाली विकास अधिकृत विनोदकुमार मण्डलका अनुसार सङ्घीय सरकार मातहत रहेर खाद्यान्न, दलहन तथा तेलहन बालीको स्रोत बीउ उत्पादन गर्दै आएको फार्मको ५२ हेक्टर (८४ बिघा) जग्गा रहेको विं.सं. २०५४ मा प्रकाशित राजपत्रमा उल्लेख छ ।

तर अहिले ३४ हेक्टर क्षेत्रफलभन्दा बढी फार्मले भोगचलन गर्न पाइरहेको छैन ।

बाँकी रहेको धेरैजसाे जग्गा अतिक्रमणमा परेको छ ।

स्थानीय सँधियार र सुकुम्बासी गरी ७० परिवारले जग्गा अतिक्रमण गरेको फार्मले दाबी गरेको छ ।

उज्यालो अन्लाइनबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment

सम्बन्धित खबर