प्रहरीले पाँच राउन्ड गोली चलाएको हो । कनकाई दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न पुगेका थिए । त्यस क्रममा उनीहरू भागेपछि खेदाउने क्रममा प्रहरीले गोली चलाएको थियो । तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागू औषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । एक जनाको खुट्टामा दुई गोली लागेको छ । दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
पक्राउ पर्नेहरूमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन् । एक जनालाई नियन्त्रणमा लिएको र अर्का घाइतेलाई उपचारका लागि कनकाई नगर अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको एसपी केसीको भनाई छ ।
टाइम्स अफ प्रदेशबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१