झापा । फिफाले महिला फुटबलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ ।
सन् २०२८ देखि शुरू हुने प्रतियोगिता हरेक चार वर्षमा हुनेछ ।
क्लब विश्वकपमा ६ महादेशका १६ टीम सहभागी हुनेछन् ।
पाँच युरोपसहित १३ क्लब सीधै छनौट हुनेछन् भने बाँकी स्थानका लागि प्ले अफ हुनेछ ।
यस्तै फिफाले यो वर्षको पुरुष क्लब विश्वकपको पुरस्कार एक विलियन डलर हुने बताएको छ ।
१४ जुनदेखि १३ जुलाइसम्म अमेरिकामा हुने प्रतियोगितामा ३२ टीमले भाग लिनेछन् ।
यसैबीच नियमनकारी निकायले महिला च्याम्पियन्स कप पनि २०२६ बाटै शुरू गर्दैछ ।
यो प्रतियोगिता महिला फुटबलको पहिलो ग्लोबल प्रतिस्पर्धा हुनेछ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको शुरूवातसँगै महिला फुटबल नयाँ उचाइमा पुग्ने बताएका छन् ।
हरेक वर्ष आयोजना गरिने च्याम्पियन्स कपमा ६ टोली सहभागी हुनेछन् ।
क्लब विश्वकप भएको वर्ष भने च्याम्पियन्स कप हुनेछैन ।
उज्यालो अन्लाइनबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१