झापा । युक्रेनमा शान्ति स्थापनाका लागि २० देशहरू सहयोग गर्न इच्छुक रहेका बेलायती अधिकारीहरुले बताएका छन् ।
युक्रेनलाई सहयोग गर्न इच्छुकहरूको गठबन्धनमा सहभागी हुन युरोप र राष्ट्रमण्डलका २० देशले इच्छा देखाएका बीबीसीले जनाएको छ ।
सबै देशहरूले अनिवार्य रूपमा सेना पठाउनुपर्ने नभएर अरु विभिन्न सहयोग प्रदान गर्न सक्ने वेलायतले जनाएको छ ।
सेना तैनाथ बाहेक अरु के कस्ता सहयोग हुन सक्छन् भनेर पनि छलफल भइरहेको छ ।
बेलायत र फ्रान्सले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न सम्झौता भएको खण्डमा युद्धविराम सुरक्षामा सहयोग गर्न तयार देशहरूको समूह गठन गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् ।
यसले युक्रेन र रूसबीचको युद्धविराम गर्न र शान्ति कायम राख्न काम गर्ने युरोपेली नेताहरुको विश्वास छ ।
बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अमेरिकाको समर्थनमा सम्भावित युद्धविराम सुनिश्चित गर्न युक्रेनमा सैनिक तैनाथ गर्न तयार रहेको बताउँदै आएका छन् ।
टर्कीले शान्ति स्थापना प्रयासमा भूमिका निर्वाह गर्नसक्ने सङ्केत दिएको छ भने आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले आयरिस सैनिकहरू शान्ति स्थापनामा संलग्न हुनसक्ने बताउनुभएको खबरमा उल्लेख छ ।
रूसले भने युक्रेनमा युरोपेली सैनिक स्वीकार नगर्ने कुरामा जोड दिएको छ ।
उज्यालो अन्लाइनबाट
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१