झापा । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट प्रतिवेदन आउनासाथ संसद्बाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया सुरु गर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा उनले उक्त विधेयक संसद्मा प्रुस्तुत गर्नेगरी क्यालेन्डर सुरक्षित गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ ।
उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ ।
उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ ।
जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं,’ सभामुख घिमिरेले बैठकमा भनेका छन् ।
नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान राख्दै शिक्षा र निजामती लगायतका विधेयक पारित गर्ने तयारी अवस्थामा बस्नुपर्ने बताएका छन् ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१