1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ जेठ ७ मंगलबार

बिर्तामोड–३ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



झापा ।   ‘हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका वडा नं. ३ को आयोजना र बीएण्डसी मेडिकल कलेजको प्रविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ।

डा. सुनिल अधिकारीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा स्त्री रोग विशेषज्ञ डा. रागिनी जैसवाल र फिजिसियन डा. प्रज्ञा ढुङ्गानाले स्वास्थ्य जाँच गर्नुभएको थियो।

कार्यक्रममा समाजसेवी कुमार बुढाथोकी, श्री न्यौपाने, टिका अधिकारी, बसन्त ढकाल, कृष्ण बारकोटी लगायतको उपस्थिती रहेको थियो।

बीएण्डसी मेडिकल कलेजका कला खड्काले प्रशिक्षण प्रदान गर्नुभएको शिविरमा विध्या राई, अस्मिता लिम्बु र निता मुखियाले प्राबिधिक सहयोग गर्नु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बुढाथोकीले भन्नुभयो, “हस्पिटलसम्म पुग्न नसक्ने नागरिकहरूको स्वास्थ्य जाँच गर्न टोल–टोलमा यस्ता कार्यक्रम राखेर सेवा दिनु हाम्रो उद्देश्य हो। हामी अहिले चाउमिन र पिजाको लतमा फसिरहेका छौं, पुराना परिकार बिर्सिसकेका छौं, जसका कारण स्वास्थ्य समस्याहरू उत्पन्न भएका छन्। यसका साथै, हामीले आजको शिविरमार्फत वडाबासीलाई स्वास्थ्य जाँच र क्यान्सर जाँचजस्ता महत्वपूर्ण सेवाहरू प्रदान गरेका छौं।”

शिविरमा अस्पताल प्रशासनका तर्फबाट खोम घिमिरे, गीता बस्नेत र अरुण लाकान्द्रीले सहजीकरण गर्नु भएको थियो। कार्यक्रमको समन्वय वडा सदस्य हरि बास्कोटाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कोसिस घिमिरेले गर्नुभएको थियो।

शिविरमा १ सय भन्दा बढी स्थानियले स्वास्थ्य जाँचको सेवा लिनुभएको थियो।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment