1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८२ असार २१ सनिबार

अभियानबाटै भद्रपुरमा तीन घर हस्तान्तरण



झापा ।  राजनीतिमा क्रियाशिल झापाका युवाले सामाजिक रुपमा उदाहरणीय काम गर्दै गलत दृष्टिकोणलाई चिर्न सफल भएका छन् ।

राजनीतिमा लागेका युवालाई गलत परिभाषित गरिदिनेहरुका सामुन्ने सामाजिक काम गरेर सकारात्मक सन्देश दिन सफल भए, भद्रपुरका युवा ।

गत वर्षदेखि ‘गरिवको घर, युवाको भर’ नारासहित सुरु गरिएको अभियानबाट तीन वटा परिवारको आवास तयार गरि हस्तान्तरण नै गरिएको छ ।

राष्ट्रिय युवा संघ भद्रपुरले अगुवाई गरेर गरिव विपन्नका लागि तीन वटा निर्माण गरि हस्तान्तरण गरेको नगर अध्यक्ष दिपक बुढाथोकीले जानकारी दिनुभयो ।

गत हप्ता मात्रै एउटा घर हस्तान्तरण गरिएको थियो, अध्यक्ष बुढाथोकीले भन्नुभयो – यो वर्ष ३ वटा घर बनाएर हस्तान्तरण गरेका छौं ।

हरेक वडामा १-१ वटा घर बनाइदिने लक्ष्य छ ।

उहाँले राजनीतिमा सक्रिय हुनु भनेको बैठक गर्न र भाषण गर्न मात्र नभएको प्रतिक्रिया दिनुभयो ।

राजनीतिक माध्यमबाट सामाजिक काम गर्न सकिन्छ भन्ने लागेका घर बनाउन थालेको उहाँको धारणा छ ।

बुढाथोकीले आफ्नो कार्यकालको सुरुवातमै नयाँ र रचनात्मक काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँको प्रतिवद्धतालाई सफल बनाउन युवा संघका सहकर्मीहरुले साथ दिएका छन् ।

भद्रपुर २ का रणबहादुर साँवालाई पहिलो पटक घर निर्माण गरेर हस्तान्तरण गरिएको थियो ।

बरण्डासहितको २ वटा कोठा, शौचालय निर्माण गरेर पलङ, डाइनिङ टेवल र ग्यासको समेत व्यवस्था मिलाइएको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भद्रपुर ५ मा एकल महिला, वृद्धा नेमो राजवंशी र उनको अशक्त छोरालाई घर हस्तान्तरण गरिएको थियो ।

यस्तै, वडा नं १० मा स्वर्गीय हिरादेवी दर्जीको परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।

दर्जीका लागि बनाइएको घर उनको मृत्यु भएपछि छोरा घनश्यामलाई हस्तान्तरण गरियो ।

सबै घर निर्माणमा ६ लाख हाराहारी खर्च भएको अध्यक्ष बुढाथोकीको भनाई छ ।

घर निर्माण अभियान थालेपछि युवा संघका नेताहरुले घर निर्माणका सामग्रीसहित आर्थिक रुपमा समेत सहयोग गरेका थिए ।

ढुंगा,इटा, सिमेन्ट, रंङ, घरायसी फर्निचर लगायतका सामानहरु सहयोग प्राप्त भएको थियो, उहाँले थप्नुभयो – विपन्नका लागि घर बनाइरहेको भन्दा सबैले सहयोग नै गर्नुभयो ।

नयाँ पेपरबाट

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment