झापा । झापाको बिर्तामोडमा आधुनिक मेसिन सहितको ब्युटी पार्लर सञ्चालनमा आएको छ ।
सौन्दर्यकर्मी कल्पना चौधरीले “कल्पना मेकप स्टुडियो” नाम दिएर ब्युटी पार्लर सञ्चालनमा ल्याउनुभएको हो ।
विगत ८ वर्षदेखि व्युटिसियनको रुपमा काम गर्दै आएर अहिले भने आफ्नै स्वामित्वको पार्लर सञ्चालन गरेको चौधरीले बताउनुभयो । I
पार्लरका लागि आधुनिक मेसिनहरु खरिद गरिसकिएको र अहिले त्यसको व्यवस्थापनको काम भैरहेको चौधरीका श्रीमान बिनोद लिङ्देनले बताउनुभयो ।
करिव दश लाखको लगानी रहेको पार्लरमा हाललाई स्किन केयर, व्युटी केयरका साथै हेयर कटिङ, हेयर डिजाइन, नेल डिजाइन, आंइलासेस लगायतको काम हुने र विस्तारै अन्य सेवाहरु समेत थपिदै लगिने समेत सञ्चालक चौधरीले बताउनुभयो ।
नेपालमै पनि सौन्दर्य क्षेत्रमा राम्रो सेवा दिन सकिन्छ भनेर आफुले समयको माग अनुसार “कल्पना मेकप स्टुडियो” लाई आधुनिक उपकरणसहित सुविधासम्पन्न बनाएर सञ्चालनमा ल्याएको व्युटिसियन चौधरीले बताउनुभयो ।
‘हाम्रो उदेश्य भनेकै ग्राहकको सुविधा र सन्तुष्टी भएकाले यहाँ आउनेहरुलाई सबै सेवामा खुसी बनाउने छौं’, चौधरीले भन्नुभयो ।
यो पनि पढौँ ।
के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।
सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१